सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
नेपालखोज
२०७९ भदौ ३० गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । चाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ ३ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया