जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला

नेपालखोज २०७९ भदौ ३० गते २१:०२

काठमाडाैं । जय नेपाल हलको कम्पाउन्ड खन्दा टुकुचा खोला भेटिएको छ । जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको हाे ।

महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ ।  

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब रहेको थियो । विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।

गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।  

प्रतिक्रिया