‘फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुनेलाई निश्चित ठाउँ र समय ताेकेर व्यवस्थापन गर्नुपर्छ’

नेपालखोज २०७९ भदौ ३१ गते ९:२५

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी ‍पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडाैँ महानगरलाई व्यवस्थित गर्न मेयर बालेनका पहल प्रशंसनीय रहेकाे बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् काठमाडाैँ महानगरलाई व्यवस्थित गर्न मेयर बालेनका पहल प्रशंसनीय रहेकाे बताएका हुन् ।

साथै उनले संसारभर स्वराेजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने भएकाले उनीहरूलाई निश्चित ठाउँ/समय ताेकेर व्यवस्थापन गर्नुपर्ने पनि बताएका छन् ।

अध्यक्ष भट्टराईले लेख्छन्, ’काठमाडाैं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेनकाका पहल प्रशंसनीय छन् ! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ, तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतःनिश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’

प्रतिक्रिया