‘टुकुचामा पौडी खेलेको अझै सम्झना छ’
नेपालखोज
२०७९ भदौ ३१ गते १०:५९

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने महानगरको अभियान प्रशंसनीय भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उनले मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई धन्यवाद दिदै आफ्ना पूराना दिन स्मरण गर्दै टुकुचामा पौडी खेलेको बताएका हुन् ।
‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ’, थापाले लेखेका छन्, ‘काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

सम्बन्धित

प्रतिक्रिया