पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन स्थगित

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सेवा सूचारु गर्ने निर्णय गरेकाे छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम लि. तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारी बिच छलफलमा यस्तो सहमति भएकाे हाे । सहमतिपछि आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको जनाएकाे छ ।
यस्ता छन् निर्णयहरु
१. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरुपको भाडा वृद्धि सम्बन्धि सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति गरियो।
२. नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधि सहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधीहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने । आज भएको सहमति र आउँदै गरेको नेपालीहरूको महान चाडपर्वहरूका कारण आमजनताको आवागमनलाई ध्यानमा राखी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने।


प्रतिक्रिया