डा. केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्याे
नेपालखोज
२०७९ भदौ ३१ गते २०:२४

काठमाडाैं । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।
चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ । वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया