देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना

नेपालखोज २०७९ असोज १ गते ६:५९

काठमाडौं । देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएकाे छ ।

त्यसैगरी आज देशभरि आंशिक देखि सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया