शनिबार, जेठ ५, २०८१

चाैबीस घण्टामा ६३ संक्रमित थपिए, १३१ जना डिस्चार्ज

नेपालखोज २०७९ असोज १ गते १६:२४

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ७४० वटा स्वाब नमुनाको परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हाे । एक हजार ५७४ नमुनाको पीसीआर परीक्षण गर्दा ३५ र दुई हजार १६६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १३१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८५ हजार २३४ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया