शनिबार, जेठ ५, २०८१

कोसी, बागमती, गण्डकी र बाँकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना  

नेपालखोज २०८० जेठ ४ गते ५:५१

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया