पर्यटनमन्त्री श्रेष्ठद्वारा डल्लुमा ’भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास

नेपालखोज २०७९ असोज १ गते १७:४५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने ’भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ को शनिबार काठमाडौं–१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरेका हुन् ।

साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए । बहुउद्देश्यीय कभर्डहल छ रोपनी जग्गामा निर्माण हुनेछ ।

कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिसखेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम संचालन गर्न समेत सकिनेछ ।

स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने मन्त्री श्रेष्ठले बताए । कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुनेछ ।

प्रतिक्रिया