जबरालाई महाअभियोग लगाउनुपर्ने सिफारिश बहुमतले पारित
नेपालखोज
२०७९ असोज १ गते २१:०८

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग समितिबाट बहुमतले पारित भएको छ । समितिले महाभियोग लगाउन सिफारिश गरेपनि प्रतिनिधिसभाको कार्यकाल आजै सकिन लागेका कारण समितिको प्रतिवेदन संसद सचिवालयमै थन्किने भएको छ ।
समितिको बैठकले महाभियोग लगाउनुपर्ने सिफारिश बहुमतले पारित गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीले महाभियोगको पक्षमा हस्ताक्षर गरेका छन् । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् ।
नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् । नेकपा एमालेले चोलेन्द्रलाई महाभियोग लगाउने प्रस्तावमा फरक मत राखेको छ ।
सम्बन्धित

प्रतिक्रिया