निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
नेपालखोज
२०७९ असोज २ गते ८:०२

दैलेख । निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका ५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैगरी दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । गुरास गाउँपालिका ६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत-दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया