नेता सिंहले भने-आफ्नो नेतृत्वमा बनाएको दललाई टिकाउन नसक्नेले काम गर्न सक्दैन्

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेले काम गर्न नसक्ने बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने बताएका हुन् ।
‘नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौ भन्छन्’, नेता सिंहले भने ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला ?’ राजनीति दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो हैन भन्दै नयाँ दलखोलेर परिवर्तन गर्छु भन्नेको हालत केछ भनेर प्रस्न समेत गरेका छन् ।
अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए । भ्रष्टाचार गर्ने को हो ? उसैलाई यो हो भनेर भन्न सक्नुपर्ने उनको धारणा थियो । स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उनले बताए । व्यवस्थमा रहेको कमजोरी सच्याउनका लागि राम्रो गर्ने मान्छेलाई मौका दिनुपर्ने सिंहको भनाई थियो ।
काठमाडौं १ का सांसदसमेत रहेका सिहंले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्नेमा जोड दिए । संघीयतामाथि प्रश्न उठेको आरोप समेत लगाएका छन् समयमा कानुन बनाएर दिनु पर्ने अधिकार निदएकाले स्थानीय र प्रदेस सरकारलाई नदिएकाले प्रश्न उठेको उहाको भनाईछ ।
नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश मा राजनीतिक स्थाईत्व कायम गरि सम्पन्नता को अभियान मा लैजाने समेत बताए ।अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको सिहको भनाई छ । शिक्षा सँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।
नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाकोरुपमा विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने गरि कम्तिमा एक डाक्टर को ब्यवस्था गर्नु पर्ने बताउदै क्षमतावान युवालाई विदेशीन रोकि रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए । नेता सिहले उक्त कुरा काठमाडौं महानगरपालिका १० मा निर्माण सम्पन्न भयको कुमाले धारा तथा पार्क उद्घाटनका क्रममा बताएका हुन्

प्रतिक्रिया