शुक्रबार, वैशाख २८, २०८१

माइडियाको दसैंतिहार अफर

नेपालखोज २०७९ असोज २ गते १९:५५

काठमाडौं । नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालिको दसैं, तिहार र छठलाई लक्ष्य गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

नेपालमा घरायसी सामग्रीहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको शुभकामना सरल र सुखी जीवनलाई’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजीभन्दा माथि का वासिङ मेसिनको खरिद मा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक छ ।

३४ हजार ३०० रुपैयाँसम्मको क्यासब्याक रहेको कम्पनीले जनाएको छ । यो ग्राहक योजना भदौ १५, २०७९ देखि नेपालभरि सीमित अवधिका लागि लागु गरिएको छ । माइडिया ब्रान्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसायभित्रका १० भन्दा बढी ब्रान्डहरुमध्ये एक हो ।

माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फच्र्युन ५०० मा २८८ स्थानमा रहन सफल भयो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ जसमध्ये एचभिएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आइओटी, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भ पनि समावेश गर्दछ ।

प्रतिक्रिया