मंगलबार, असोज १, २०८१

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदा नेकपाको सचिवालय बैठक प्रभावित

नेपालखोज २०७६ फागुन २७ गते ७:२६

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ । उनी अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन् ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको हो ।

गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि मात्र राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ । तर, सरकारले निर्णय नगर्दा गौतम राष्ट्रियसभाको सदस्य बन्ने बाटो खुल्न सकेको छैन् ।

प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि सचिवालयको बैठक बसे पनि गौतमको विषयमा कुनै खास निर्णय भएन् । पत्रपत्रिकाबाट

प्रतिक्रिया