समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन 

नेपालखोज २०७९ असोज ३ गते ८:३४

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन हाे ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो र आज दुई दिन गरी बन्दसूची पेस गर्ने म्याद तोकिएको थियो । पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए ।

प्रदेशसभामा समानुपातिकतर्फ प्रदेश १ मा किरात खब्बुवान साझा पार्टी, मधेस प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र वागमती प्रदेशमा ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका छन् ।

आज बाँकी रहेका सबै दलले बन्दसूची पेस गरिसक्नेछन् । बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने छ ।

प्रतिक्रिया