संविधान दिवसको अवसरमा ९९८ जनाको विभूषित हुँदै

नेपालखोज २०७९ असोज ३ गते ९:४५

काठमाडाैं । संविधान दिवसका अवसरमा सरकारले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई गर्ने भएकाे छ । सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी छिन् । 

राष्ट्रपति भण्डारीद्वारा नेपाल रत्न (१) पदकसहित जम्मा ९९८ विभूषण प्रदान गरिने घोषणा गरिएकाे छ । गृह मन्त्रालयले सोमबार एक सूचना जारी गरी विभूषण घोषणा हुनेहरूको नामावली प्रकाशन गरेको छ ।

यस पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

त्यस्तै, राष्ट्रपतिबाट प्रदान हुने समाज सेवा रत्न पदकबाट दिवाकर अर्याल, बद्रीप्रसाद तिमल्सिना, सौरभ रिमाल, अम्बिका शर्मा लामिछाने, मनोहर खड्का, लक्ष्मी कुँवरलगायत विभूषित हुने भएका छन् ।

प्रतिक्रिया