टुँडिखेलमा यसरी मनाइयो आठौँ संविधान दिवस(तस्बिरसहित)

नेपालखोज २०७९ असोज ३ गते ११:५०

काठमाडौं । आठौँ संविधान दिवस २०७९ को अवसरमा आज (सोमबार) विभिन्न कार्यक्रम गरी मनाइएको छ । संविधान दिवस हरेक वर्ष असोज ३ गते राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । त्यस्तैगरि आज टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उपस्थिति थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्ड्याएर परिक्रमा गरेको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया