प्रतिनिधि र प्रदेशसभा निर्वाचन : समानुपातिकतर्फ ४८ राजनीतिक दलद्वारा उम्मेद्वारको बन्दसूची दर्ता
नेपालखोज
२०७९ असोज ४ गते ८:०५

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेद्वारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार दुईदिन बन्दसूची पेस गर्न समय दिएको थियो ।
आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि ७६ दल दर्ता भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया