युरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा, बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया