सोमबार, असोज १७, २०७९

पाटन प्रिमियर लिग सुरु

नेपालखोज २०७९ असोज ४ गते १२:१७

बैतडी । बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।

वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ । चौबिस टोली सहभागी रहेको सो प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए ।

प्रतियोगिताको विजेता टोलीले रु १ लाख ११ हजार १११सहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ‘म्यान अफ द सिरिज पुरुस्कार’ स्वरुप रु ११ हजार १११सहित प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । उदयीमान खेलाडीलाई एक हजार एकसय ११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया