नेपाल लाइफ इन्स्योरेन्सले गर्यो डायनामिक क्यु आर पेमेन्ट सिस्टमको सुरु

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवा सँगको सहकार्यमा डायनामिक क्यु आर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार दिउसो कम्पनीको काठमाडौं शाखामा आयोजित एक विषेश समारोहककाबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन ।
नेसनल सेल्स हेड उमापति पोखरेलले डायनामिक क्यु आरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका छन् । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डायनामिक क्यु आर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बिमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डायनामिक क्यु आर पेमेन्ट सिस्टमको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जानकारी दिए । डायनामिक क्यु आर पेमेन्ट सिस्टमको माध्यमबाट दुई लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा डायनामिक क्यु आरको पहिले देखि नै प्रचलनमा भएपनि जीवन बिमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्यु आर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।
कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

प्रतिक्रिया