शनिबार, जेठ ४, २०८२

क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

नेपालखोज २०७९ असोज ४ गते १३:४९

टोरन्टो । क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए ।

उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए ।

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।

प्रतिक्रिया