काठमाडौं फर्कन मानेनन् अनशनरत डा. केसी, स्वास्थ्य थप जटिल हुन सक्ने चेतावनी
नेपालखोज
२०७९ असोज ४ गते १७:४५

काठमाडौं । ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं फर्कन अस्वीकार गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेको थियो ।
उनको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ । उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुन सक्ने चेतावनी पनि दिएको छ । तर उनले आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न पटक पटक आग्रह गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया