शनिबार, जेठ ४, २०८२

सवारी दुर्घटनामा परेर २३ महिलाको मृत्यु

नेपालखोज २०७९ असोज ४ गते १७:३८

लुकासा । सवारी दुर्घटनामा परी जाम्बियामा २३ महिलाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरु ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

दुर्घटनामा परेको ट्रकमा ५८ जना यात्रु थिए । अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भइ पहाडबाट तल खसेको हो । सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गरे ।

दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किदै गरेको पनि उनले बताए । घटनाका बारेमा जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थलमा पुगेर खोजी तथा उद्धार गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया