‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली खतरामा पर्याे’
नेपालखोज
२०७९ असोज ५ गते ८:००

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि पौडेलको यस्तो टिप्पणी गरेका हुन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत लेखेछन् ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।’
सम्बन्धित

प्रतिक्रिया