संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक : अध्यक्ष थापा

नेपालखोज २०७९ असोज ५ गते ९:४९

काठमाडौं । राष्ट्रिय प्रजातान्तिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक रहेकाे बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीको यो निर्णयको इतिहासले सदैव प्रशंसा गर्ने पनि बताएका छन् । राष्ट्रपतिको निर्णय राष्ट्रहितअनुकूल रहेको उनको भनाइ छ ।

उनले द्विट गर्दै भनेका छन्, ‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ । राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ । संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’

प्रतिक्रिया