बुधबार, वैशाख १९, २०८१

‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’

नेपालखोज २०७९ असोज ५ गते १४:२५

काठमाडौं । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताएका हुन् ।

अहिले आर्ट र कमर्सियल भ्यालु बोकेका फिल्म बजारमा दर्शकले पर्खिरहेको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए । ‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ,’ उनले भने । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझै फाइदा पुर्‍याउने उनले बताए । केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको उनले बताए ।

अभिनेता आचार्यले पूर्णरुपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए । ‘यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गर्नुभएको अघिल्लो फिल्मको तुलनामा यो उत्कृष्ट छ,’ उनले भने ।

प्रतिक्रिया