नेपाल टेलिकमद्वारा सजिलो प्रिपेड कम्बो अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले यही असोज २ गतेदेखि १ सय ९९ रुपैयाँ देखि ६ सय ९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।
एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १ सय ९९ रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा ३ सय ४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४ सय मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४ सय (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
यसैगरी ४ सय ९९ रुपैयाँमा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९ सय ६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६ सय ९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २ हजार ८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २ हजार ८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६०० वटा र ६० रुपैयाँमा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट एस्ट्रीक १४१५ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट प्रिपेड सेवाका ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीले गरेको छ ।

प्रतिक्रिया