शुक्रबार, असार २०, २०८२

चाैबीस घण्टामा ८१ संक्रमित थपिए, निको हुने ९८.६ प्रतिशत

नेपालखोज २०७९ असोज ५ गते १८:५०

काठमाडाैं । देशभर कोरोना भाइरसको सङ्क्रमण ८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले तीन हजार चार सय ४७ परीक्षणमध्ये ८१ जना मात्रमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज एक सय ७५ कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छन् । भक्तपुरमा एक जना, काठमाडौँमा १४ जना गरी उपत्यकामा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । यस्तै होम आइसोलेसनमा एक हजार चार सय २९ जना, संस्थागत आइसोलेसनमा ५४ र सघन उपचार कक्ष (आइसियु)मा १६ जनाको उपचार भइरहेको छ ।

विगत चाैबीस घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया