शनिबार, जेठ ५, २०८१

आज क्रिसमसको सार्वजनिक विदा

नेपालखोज २०७९ पुष १० गते ८:०३

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आज आइतबार क्रिसमस डे मनाइँदैछ। ​ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्।

२०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ।
क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ । क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।

प्रतिक्रिया