कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३५ रुपैयाँ १० पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया