शुक्रबार, वैशाख ७, २०८१

नेप्से गिरावट, ६५ करोड ५७ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज ६ गते १५:२८

काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दिन ११ दशमलव १९ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहिबार) भने पुन:९ दशमलव ८३ अंकले घटेर १८ सय ३८ दशमलव ९६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले घटेर तीन सय ५९ दशमलव ४३ अंकमा झरेको छ ।

दुई सय २९ वटा कम्पनीहरुको १७ हजार नौ सय ६४ पटकको कारोबारमा २५ लाख ४२ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएकोमा कुल आज कारोबार रकम ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ रुपैयाँ ४२ पैसाको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार १३ वटा समूहको कारोबार भएकोमा सबै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २२ अंकले घटेर १२ सय ८१ दशमलव नौ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि २७ दशमलव ३५ अंकले घटेर ३२ सय ४९ दशमलव ८१ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक १९ दशमलव ५८ अंकले घटेर १९ सय ८० दशमलव ७२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ४१ दशमलव ७९ अंकले घटेर आठ हजार सात सय २४ दशमलव ८५ अंकमा झरेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि ५८ दशमलव ५७ अंकले घटेर सात हजार चार सय ८६ दशमलव ६८ अंकमा झरेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ३१ रुपैयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रभु बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेर नौ सय आठ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी नबिल बैंकको प्रतिकित्ता सात सय ५९ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ५८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया