शुक्रबार, वैशाख १४, २०८१

बिना अनुमति कर्मचारीको सरुवा नगर्न सरकारलाई आयोगकाे निर्देशन

नेपालखोज २०७९ असोज ६ गते २०:४२

काठमाडौं । निर्वाचन आयोगले अनुमति नलिएर कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । मंसिरमा ४ हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने भन्दै सरुवा नगर्न सरकारलाई निर्देशन दिएकाे हाे ।

निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि भनेको छ ।

प्रतिक्रिया