शुक्रबार, चैत १६, २०८०

अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ०८ पैसा, बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा

नेपालखोज २०७९ असोज ७ गते ७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ३१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया