इंग्ल्यान्डमाथि पाकिस्तानको सानदार जित

पाकिस्तान । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पाकिस्तानबाट टी-ट्वान्टी आईमा सर्वाधिक ठूलो साझेदारी हो ।
यो टी-ट्वान्टी आई क्रिकेट इतिहासमा कुनै पनि विकेट नगुमाई पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि १० विकेटको रुपमा सर्वाधिक ठूलो लक्ष्य न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रन पूरा गरेको थियो ।
इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा विना विकेटको क्षतीमा पूरा गर्यो । जसमा आजमले १ सय १० र रिजवान ८८ रनमा नटआउट रहे ।
त्यसअघि पहिला ब्याटिङ इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । उसका मोईन अलीले सर्वाधिक ५५ रन जोडे । पाकिस्तानका शाहनवाज दाहनीले २ र हरिस रौफले २ विकेट लिए । यो जितसँगै ७ टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । सिरिज अन्तर्गत तेस्रो खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया