कृषि बिकास बैंकको सञ्चालकमा दाहाल नियुक्त
नेपालखोज
२०७९ असोज ७ गते १४:२१

काठमाडौं । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सुमन दाहाल मनोनयन भएका छन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दाहाललाई बैंक संचालक समिति बैठक ९८३ का अध्यक्ष डा. राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।
सम्बन्धित

प्रतिक्रिया