मंगलबार, पुष ८, २०८२

भिभोद्वारा वाई सिरिज अन्तर्गत-वाई २२ एस र वाई १६ स्मार्टफोन सार्वजनिक

नेपालखोज २०७९ असोज ७ गते १५:५०

काठमाडौं । भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरु-वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न प्रयोगकर्ताका लागि नयाँ-नयाँ स्मार्टफोनहरु विकास गर्दै आइरहेको छ । पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन् ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं । स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो-टु शोलुसनको रुपमा विकास गरेका छौं ।’

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ । वाई२२एस एआई पावर-सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ ।

यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ । जसले प्रयोगकर्तालाई सिनेमेटिक तस्वीरहरु लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्वीरहरु लिन अनुमति दिन्छ ।

यसबाहेक, मल्टी-स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरु वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

अर्कोतर्फ, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरु, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा-कोर प्रोसेसरले सहज मल्टी-टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ ।

वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमारु २७,९९९ मूल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक-स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा रु १९,९९९ मा उपलब्ध छ ।

प्रतिक्रिया