बिहीबार, वैशाख १३, २०८१

ई–सेवाको लखपति योजनाअन्तर्गत पोखरेलले जिते एक लाख

नेपालखोज २०७९ असोज ७ गते १९:५०

काठमाडौं । ई–सेवाले सञ्चालन गरेको ’बिमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क ई–सेवामार्फत भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ ।

ई–सेवाले बीमितहरूलाई घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको थियो । पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेल र इन्स्योरेन्स शाखा कार्यालय इलामलाई समेत २०÷२० हजार रुपैयाँ नगद उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले विजेताहरूलाई नगद हस्तान्तरण गरेका हुन् । लखपति योजनाभर ई–सेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक÷एक हजार रुपैयाँ पाएका छन् । ई–सेवाले हरेक हप्ता गोलाप्रथामार्फत साप्ताहिक विजेता चयन गर्दै आएको थियो । विजेतालाई नगद हस्तान्तरण गर्दै सापकोटाले बीमितहरुले घरमै बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन गर्न यो योजना सञ्चालन गरेको बताए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आईटी प्रमुख शरदचन्द्र प्याकुरेलले ई–सेवाले बिमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइनमार्फत गर्न प्रोत्साहन गरिरहेको भन्दै बिमा क्षेत्रमा थप सहजता गराएको प्रतिक्रिया दिए । योजना अवधिभर ई–सेवामार्फत ४ अर्ब बढीको कारोबार भएको उनले जानकारी दिए ।

ई–सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आईओस् मोबाईलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया