एनआईसी एसियाको ‘आइडिया टू आईपीओ’

काठमाडौं । एनआईसी एसिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ (संस्थागत परामर्श) सेवा अन्तर्गत ‘आइडिया टू आईपीओ’ नामक नयाँ सेवा संचालनमा ल्याएको छ । क्यापिटलले कुनैपनि कम्पनीको आइडियासेशन देखि कम्पनी स्थापना, स्केल अप, एक्सपान्सन, ग्रोथ, फर्दर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ ।
यो सेवा जुन सुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् । विशेष गरि यो सेवा कृषि, जलविद्युत, होटल तथा पर्यटन, स्वास्थ सेवा, टेक्सटायल, व्यापार तथा उत्पादन, खानी, ऊर्जा, निर्माण, हस्पिटालीटी लगायत प्रचलित कानून बमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरुले लिन सक्ने छन् । कुनैपनि कम्पनी स्थापनकालदेखि नै आईपीओ जारी गर्ने अवस्थासम्म पु¥याउनु आफैंमा एउटा लामो प्रकृया हो । क्यापिटलको ‘आइडिया टू आईपीओ’ सेवाले जुनसुकै अवस्थामा रहेको कम्पनीहरुलाई सहजै रुपमा आईपीओ जारी गर्ने अवस्थामा पुर्याउन महत्वपूर्ण सहयोग गर्दछ । एनआईसी एसिया क्यापिटलको मार्गदर्शन, सहयोग र सहकार्यले गर्दाकुनै पनि कम्पनीलाई सफल कम्पनीको रुपमा स्थापित गराउने क्रममा आईपर्ने हरेक कोसेढुङ्गाहरु सरल र सहजताका साथ हासिल गर्न मद्दत गर्दछ ।
यस क्यापिटलको ‘आइडिया टू आईपीओ’ सेवाले सम्बन्धित कम्पनीको सेवा तथा व्यवसायीक प्रकृतिको गहन अध्ययन अनुसन्धान गरी उक्त कम्पनीलाई आईपीओ जारी गर्दा नियमनकारी निकायहरुले पूरा गर्नुपर्ने भनि तोकेको सम्पूर्ण सर्तहरु पुरा गर्नको लागि आवश्यक परामर्श तथा उचित मार्गदर्शन प्रदान गर्दछ । आइडियादेखि आईपीओ जर्नीलाई सफलतापूर्वक अगाडी बढाउन प्राईभेट इक्विटी, भेञ्चर क्यापिटलको लगानीले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यस प्रकारको कोषले पूँजीको श्रोत जुटाई दिने मात्र नभई कम्पनीलाई थप नयाँ उचाइमा पुर्याउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको ब्राण्डिङ व्यवसायीक कार्ययोजना, भविष्यमा आइपर्ने चुनौतिहरुको सामना गर्नको लागि आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्नको लागि नविनतम प्रविधिको प्रयोगका साथै कम्पनीको आक्रमकरुपमा व्यवसाय विस्तारको लागि सही समयमा आवश्यक पूँजी व्यवस्थापन गरिदिने लगायतका कार्यहरु गर्दछ ।
साथै यस क्यापिटलले प्राईभेट इक्विटी, भेञ्चर क्यापिटल संचालनका लागि अनुमतिपत्रको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । उक्त अनुमति प्राप्त भएपश्चात मात्र यो सेवा समेत संचालन गरिने कम्पनीले जानकारी दिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकांश कम्पनीहरुले पूँजी तथा आवश्यक प्राविधिक ज्ञान, सीपको अभावले गर्दा सम्बन्धित व्यवसाय सोचे अनुरुप बिस्तार नभएको देखिन्छ । सोही कुरालाई मध्ये नजर गर्दै एनआईसी एसिया क्यापिटलले पूँजीको अभावमा व्यवसाय बिस्तार गर्न नसकिरहेका कम्पनीहरुलाई धितोपत्रको दोश्रो बजार मार्फत सर्वसाधारणमा सेयर जारी गर्ने व्यवस्था मिलाई थप पूँजी जुटाइदिने मुख्य उद्देश्यका साथ क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कम्पनी स्थापनाकाल देखि आईपीओ जारी गर्ने अवस्था सम्म पुरा गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रकृयाहरु तथा आईपीओ निष्काशन पश्चात गर्नुपर्ने सम्पूर्ण कार्यलाई एकिकृत कार्ययोजना बनाई आईपिओ रेडिनेश एसीसमेन्ट टेस्ट (रेट) सेवा उपलब्ध गराएको छ ।
आईपीओ रेडिनेश एसीसमेन्ट टेस्ट (रेट)
कुनै पनि कम्पनीहरुले सर्वसाधारण सेयर जारी गर्नुभन्दा पहिला नियमनकारी निकायहरुले तोकेका सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । अर्थात कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानूनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा सेयर जारी गर्नुभन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ । यस्ता सर्तहरु कम्पनी/व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था/निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । यस सेवा अन्तर्गत आईपीओ निष्काशन गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण व्यवस्थाहरु तथा आईपीओ जारी गर्नुभन्दा पहिला आउन सक्ने समस्या तथा चुनौतीहरुको सुष्म तरिकाबाट जाँचगरी उचित समयमा सही निर्णय लिन मद्दत गर्दछ ।
पोस्ट आईपीओ सेवा
कुनैपनि कम्पनीले आईपीओमा सेयर जारी गरे पश्चात अर्थात पब्लिक कम्पनीहरुले नियमनकारी निकायहरुले तोके बमोजिमको नियमित रिपोर्टिङ, सेयरधनी विवरण अध्यावधिक गर्ने लगायतका कार्यहरु नियमित गर्नुपर्ने भएकाले क्यापिटलले आफ्नो सेयर रजिष्ट्रार सेवा अन्तर्गत उक्त सम्पूर्ण सेवा समेत प्रदान गर्ने छ ।

प्रतिक्रिया