राष्ट्र बैंकद्वारा पुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी आह्वान
नेपालखोज
२०७९ असोज ७ गते २०:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार असोज नौं गते आइतबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज ११ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौं अर्ब १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७९ पुस १२ गते र २०७९ चैत्र १४ गते तोकिएको छ ।
यी ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि यही असोज दुई गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया