शुक्रबार, वैशाख १४, २०८१

गीता सार !

नेपालखोज २०७९ असोज ८ गते ५:००

गीताको १८ अध्यायको मुख्य सार । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस् ।

१– मोह या सुख शान्तिको अधीनमा नपर्नु ।
२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।
३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।
४– तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।
५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।
६– अन्तस्करणमा समता राख्नु ।
७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।
८– सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।
९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।
१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।
११– यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ।
१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।
१३– संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।
१४– सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।
१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।
१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।
१७– जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।
१८– भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

प्रतिक्रिया