शुक्रबार, वैशाख ७, २०८१

न्युरोड जाने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था

नेपालखोज २०७९ असोज ८ गते ८:०८

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट काठमाडौंको न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरेकाे जनाएकाे छ ।

अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हाे ।

आजबाट फुलपातीसम्म यो व्यवस्था लागु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी जनाएकाे छ । ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया