शनिबार, वैशाख १५, २०८१

युरोपको समृद्धि नेपाल भित्र्याउन ढकालकाे आग्रह

नेपालखोज २०७९ असोज ८ गते १८:४४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै उनले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेकाे एनआरएन युरोप समितिले जनाएको छ ।

सो बैठकलाई सम्बोधन गर्दै उनले भने ‘युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरु ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरुलाई नेपाल भित्र्याउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन ।’

प्रतिक्रिया