शुक्रबार, वैशाख ७, २०८१

रिलिजअघि नै ‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक !

नेपालखोज २०७९ असोज ९ गते ८:२५

काठमाडौं । यतिबेला नेपालसंगै विश्वभर प्रदर्शन भैरहेको नेपाली कथानक फिल्म ‘प्रेमगीत ३’ चर्चा सहित व्यापार समेत व्यापक बन्दै गैरहेको छ । तर, सकारात्मक प्रतिक्रिया फिल्मले पाइरहदा भारतबाट भने हिन्दी भर्सनको ‘प्रेमगीत ३’ लिक भएको छ । एक अनलाइनले एपको सहायतामा पूरा फिल्म डाउनलोड गर्ने अप्सन सहित फिल्म पाइरेसी भएको हो ।

भारतिय फिल्मको हकमा यसरी लिक हुनु पछिल्लोसमय सामान्य नै जस्तो बन्दै गैरहेको छ । तर, प्रेमगीत ३ को हिन्दी भर्सनको हकमा भने यो निकै दुखद पक्ष हो । एउटा ईतिहास रच्ने फिल्ममाथि यस्तो लापरबाहीले नेपाली सिनेमा उधोगलाई नै असर गर्छ भन्दा फरक नपर्ला । नेपालमा विविध कारण देखाउदै ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा प्रदर्शन गरिएको छैन ।

निर्माण युनिटका अनुसार हिन्दी भर्सनको प्रेमगीत ३ यहि सोमबारबाट नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । धेरै नेपालिहरुले हिन्दी भर्सनलाई नेपाली सिनेमा हलमा पर्खिरहेको अवस्थामा यसरी हिन्दी भर्सन लिक भएपछि व्यापारमा असर पर्ने देखिन्छ । हिन्दी भर्सन नेपाल प्रदर्शनको दिन नजिकिदै गर्दा यस्तो दुखद कुराले निर्माण युनिटको टाउको दुखाइ भएको छ ।

प्रतिक्रिया