शुक्रबार, वैशाख १४, २०८१

चौबीस घण्टामा ५१ संक्रमित, १ सय निको

नेपालखोज २०७९ असोज ९ गते १६:३०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार २४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १ सय कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार २२३ पुगेको छ ।

प्रतिक्रिया