बुधबार, वैशाख १२, २०८१

राष्ट्रिय वाणिज्य बैंकको पस र क्युर आर कारोबारमा क्यास ब्याक अफर

नेपालखोज २०७९ असोज ९ गते १९:१५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाईन्ट अफ सेल (पस) को माध्यमवाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वा्प गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ ।

यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वा्मा पाँच प्रतिशत वा अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, छ देखि १० पटकको कार्ड स्वा्पमा १० प्रतिशत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैंयाँ र ११ देखी १५ पटकको कार्ड स्वा्पमा १५ प्रतिशत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैंयाँ मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।

यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

प्रतिक्रिया