बिहीबार, वैशाख १३, २०८१

स्पेनिस प्रधानमन्त्री कोरोना सङ्क्रमित

नेपालखोज २०७९ असोज ९ गते २१:१०

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज कोरोना सङ्क्रमित भएका छन् । आइतबार बिहान स्वास्थ्य परीक्षण गर्दा उनमा सङ्क्रमण देखिएको हो ।

सान्चेजले ट्वीटरमा आफू सङ्क्रमित भएको उल्लेख गरेका हुन् । स्पेनले ६० वर्षभन्दा माथिका मानिसहरू, स्वास्थ्यकर्मी र आवासीय हेरचाह घरहरूमा बस्ने मानिसहरूलाई खोपको चौथो डोज दिने अभियान शुरु गर्नुभन्दा २४ घण्टाअघि यो समाचार आएको हो।

मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्यांकमा प्रति १ लाख बासिन्दामा १२९ सङ्क्रमित केसबाट बढेर १ सय ३६ पुगेको देखिएको छ।

प्रतिक्रिया