शुक्रबार, वैशाख १४, २०८१

टी-ट्वान्टी आई : ६ विकेटले भारत विजयी 

नेपालखोज २०७९ असोज १० गते ९:२८

काठमाडाैं । अष्ट्रेलियासँगको टी-ट्वान्टी आई सिरिज भारतले हात पारेको छ ।  भारतले  तीन टी-ट्वान्टी आई खेलको सिरिज २-१ जितेको हो  । गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा भारतले अष्ट्रेलियामाथि  ६ विकेटको  रोमान्चक जित हात पार्दै सिरिज कब्जा गर्यो ।  अष्ट्रेलिया दिएको १ सय ८७ रनको विजयी लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

 जसमा म्यान अफ द म्याच बनेका  भारतका सूर्यकुमार यादवले  ६९ रनको योगदान  गरे । यस्तै  विराट कोहलीले ६३ रन जोडे  । अष्ट्रेलियाका ड्यानियल साम्सले २, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट हात पारे ।  त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।

उसका  क्यामरन ग्रीनले ५२ र  टिम डेविडले ५४ रन हिर्काए ।  भारतका अक्षर पटेलले ३ , भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट झारे ।   

प्रतिक्रिया