मंगलबार, जेठ १, २०८१

खीर खाने दिन साउन पन्ध्र

नेपालखोज २०८० साउन १५ गते १६:३३

काठमाडाैं । मानविय जीवनमा मात्र होइन पशु पंक्षिमा पनि खानु सबैभन्दा प्राथमिकतामा आउने गर्दछ । तर पनि मानव अन्य प्राणी भन्दा बिकसित प्राणी भएको हुँदा खानुलाई नै बढी प्राथमिकता दिनु हुदैन । खानकै लागि यदि हामी बाँचिरहेका हुन्छौ भने हामीमा र पशुमा केही पनि भिन्नता हुदैन । त्यसैले अंग्रेजीमा एउटा भनाइ नै छ

Eat to live, don’t live to eat.
अर्थात बाँच्नको लागि खाउ, तर खानकै लागि नबाँच ।

हामी कहाँ बर्षेनी आउने चाडपर्वलाई नियाल्यौ भने हामी खानकै लागि बाँचेका झै लाग्दछ । बिभिन्न बहानामा बिभिन्न कुरा खानकै लागि चाड बनाइए झै लाग्छ । अक्षय तृतियामा सातु सर्वत खान्छौ, असार पन्ध्रमा दही च्यूरा खान्छौ, साउन पन्ध्रमा खीर खान थाल्छौ । बौद्ध अनुयायीहरु साउन शुक्ल अष्टमीका दिनलाई खीर खाने दिनका रुपमा लिने गर्दछन् । जनै पूर्णिमाका दिन नेवा:हरु क्वाटी खाने गर्दछ, तीजमा ऋषी पञ्चमीको दिन कर्कलो गाभा तथा दर खाने गर्दछौँ ।

भदौ १५ लाई पोलेको मकै खाने पनि भनिन्छ । मंसिर पूर्णिमाका दिन नेवा:हरु योमरी खाने गर्दछन् । पुस १५ मा घर बाहिर खान चलन छ । साथै पुस १५ मा पुवा तथा बिभिन्न रोटीहरु खाने चलन पनि छ । माघे संक्रान्तीका दिन घ्यू चाकु खान्छौ । साथमा शक्खरखण्ड तथा कन्दमुलहरु खान्छौ । माघे १५ का दिन मालपुवा खाने भन्दछौ । कतै कतै होलीका दिनमा मालपुवा खाने गर्दछ ।

आज साउन १५ आजका दिन खीर खाने चलन छ । कतिपयका भनाइमा खीर खाने चलन परापूर्वकाल देखि भनिने गरे तापनि खीर खाने चलन द्रब्य शाहका पाला देखि शुरु भएको हो । आफ्ना गुरु गोरखनाथलाई मनग्गे खीर खुवाए पछि गुरु गोरखनाथका आशिर्वादले सद्बुद्धी आएकाले यस दिनलाई खीर खाने दिनका रुपमा चलन चलाएका थिए भनिन्छ । हुन त अचेल पण्डितहरुले यसको महत्व पौराणिक काल देखि नै रहेका वर्णन पनि गर्ने गर्दछन् ।

प्रतिक्रिया